Class 10 Nepali Important Long Answer Questions Solutions for SEE Examination


Nepali is a subject of language so, scoring high marks is not easy in it. However, if you do well in Long Answer Questions, there is high chance that you can score an A+ as well. In this blog, we have the solutions of the most probable long answer questions from Compulsory Nepali grade 10 for upcoming Secondary Education Examination (SEE) appearing students.


सप्रसंग व्याख्या गर्नुहोस्ः



Chapter 1: Janmabhumi

1. यो युद्ध तिमीले जित्यौ किनकि तिम्रा भाइ लक्ष्मण तिम्रो पक्षमा थिए ।

= प्रस्तुत भनाइ कक्षा १० को नेपाली पाठ्यपुस्तकमा रहेको पाठ १ को पौराणिक कथा जन्मभूमीबाट साभार गरिएको हो । सो कथाका लेखक यसै किताबका लेखक र सम्पादक स्वयम हुन् । यो भनाइ रावणले आफ्नो ध्वंश हुनु अघि रामलाई भनेका थिए । यस कथामा आफन्त, माता र जन्मभूमि नै सर्वोपरि हुन्छन् भन्ने कुरा बताइएको छ ।

रावण अति शक्तिशाली र सम्पन्न थिए तर उनलाई यसको अहंकार हुन थाल्यो । जसले गर्दा उनले रामकी श्रीमती सीताको अपहरण गरे । सीतालाई खोज्दै राम र उनका भाइ लक्ष्मण लंका पुगे । यी सबै कार्यमा लक्ष्मण रामको लागि ढाल बनेर उभिएका थिए । जब युद्धको सुरुवात् भयो, रावणका आफ्नै भाइ विभीषण उनका पक्षमा थिएनन् । जसले गर्दा रावणका कमीकमजोरीका बारेमा रामलाइ ज्ञात भयो । यसरी रामलृ आफ्ना भाइ लक्ष्मणको सहायताले अति बलवान् राजा रावणको प्रलय गरेका थिए र सीतालाई फिर्ता अयोध्या ल्याए ।

निष्कर्षमा, आफ्नो भाइ वा दाजुलाई आफ्नो सम्पूर्ण राम्रा र नराम्रा पक्षका बारेमा थाहा हुन्छ र उनीहरु विपक्षमा भए आफ्नो स्थिति जर्जर हुन्छ भन्ने कुरा माथिको हरफले प्रष्ट पार्न खोजेको छ ।




Chapter 3: Dr. Sanduk Ruit

2. प्रत्यक जातिको आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुन्छ ।

प्रस्तुत भनाइ नेपाली पाठ्यपुस्तक कक्षा १०मा रहेको पाठ ३ बाट साभार गरिएको हो । सो पाठमा सन्दुक रुइत, एक वश्विप्रख्यात चिकित्सकाको जीवनी लेखिएको छ  । रुइतको जन्म वि.सं. २०११ भदौ १९ गते नेपालको ताप्लेजुं जिल्लामा भएको थियो । उनको धारणा र हेराइको चर्चा गर्दै उपर्युक्त भनाइ पाठमा लेखिएको हो । 

रुइतको सोचाइ अरुभन्दा  भिन्न छ। उनलल् राष्ट्र र मानवको सेवा गर्नु अघि हरेक मानिस जातीय संकीर्णताभन्दा माथि उठेर राष्ट्रको हतिको भावना राख्नुपर्ने भन्ने धारणा राख्छन् । मानव सामाजिक प्राणी हो । ऊ समाजमा बस्छ र त्यहाँ सबै मानिसको धर्म, जनत, भाषा आदि समान नहुन पनि सक्छ । यी सबै मानिसका मूल्य मान्यता र पुर्खाद्वारा बनाइएको संस्कृति हुन् । सोको पालना गर्नु मानवको धर्म हो । यसले उनीहरुको सुनौलो विगतका बारेमा चेतना बढाउँछ । नेपालमा १२३ भाषा र १२५ जातका करोडौँ मानिस बसोवास गर्छन् । ब्राह्मण, थारु, राई, लिम्बु, क्षेत्री, आदि सबैका आआफ्नो चाडपर्व, रीतिरिवाज र धर्मकर्म हुन्छन् ।

अतः यस्तो विविधतालाई समस्याका रुपमा नभई एकताको कडीका रुपमा लिनुपर्छ भन्ने आशय माथिको पंक्तिले  व्यक्त गर्न खोजेको छ ।




Chapter 8: Barsha

3. बाली राम्रो, तृण अति हरा, वर्षा राम्रो कबूली
    पारावार प्रभु हृदयको फुट्छ सगींत केली ।

प्रस्तुत पक्िंत कक्षा १० को नेपाली पाठ्यपुस्तकमा रहेको पाठ ८ 'वर्षा'बाट साभार गरिएको हो । यस कविताका लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा ( वि सं १९६६ - २०१६ ) हुन् ।  पकृतिप्रेमी कवि देवकोटाले कवितामा वर्षाले पृथ्वीमा नयाँ उमंग र हर्ष ल्याउने भन्ने क्रममा माथिका हरफहरु आएका हुन् । 

वर्षा सबैको मनपर्ने रितु हो । यसले पृथ्वीमा पानी ल्याउने भएकाले वर्षाले सँगसँगै पृथ्वीमा नयाँ चमक आउने गर्दछ । यही पानीले गर्दा रोपिएका बालीहरु जस्तै धान, गहुँ, आदिलाई चाहिने पानी पर्याप्त हुन्छ । धेरै लामो समयदेखि सलिलको अभावले ओइलिएका घाँसपात अर्थात् तृणहरु फेरि पलाउन थालेर खुला मैदान हराभरा देखिन थाल्छन् ।

यसरी सबैले वर्षाको चोखो पानीमा रमाउँदै गीत गाउन सुरु गर्छन् । अझ वर्षाको पानी जमीनमा खस्दाको आवाज सुनेर कठोर भन्दा पनि कठोर हृदय भएका समुद्ररुपी युवकको पनि मन नरम हुने गर्दछ ।

अतःं वर्षाको पानीले चारैतिर सुवास छर्छ भन्ने भाव माथिका हरफहरुद्वारा कविले प्रस्ट्याउन खोजेका छन् ।




Chapter 15: Tika

4. यो सारा नेपाल आफ्नै घर त हो नि ।

प्रस्तुत हरफ कक्षा १० को नेपाली पाठ्यपुस्तकमा पाठ १५ टीका एकांकीबाट साभार गरिएको हो । सो एकांकीका एकांकीकार  भीमनिधी तिवारी (१९६८ - २०३०) हुन् । उनले यस  एकांकीको माध्यमबाट विदेश पलायन हुन पुगेका नेपालीलाई स्वदेशमै केही गर्नुपर्छ भन्ने आशय व्यक्त गर्न खोजेका छन् । माथि लेखिएको पंक्ति यसै एकांकीमा आमा पात्रले आफ्नो छोरो कमानसिंह लाई भनेकी हुन् ।

दसैँको ठूलो रमझम हुने चाँडमा घर फर्किएको छोरो कमानसिंहलाई विदेश नजान आग्रह गर्दै आमाले उचित भनाइ निकै आशावादी भएर भनेकी हुन् । उनको विचारमा नेपालको सम्पूर्ण भूमि सबै नेपालीको साझा घर हो । अनि मातृभामि त सबैलाई प्यारो हुन्छ । साथै यसको उन्नति र प्रगतिका लागि काम गर्नु त सारा नेपालीको कर्तव्य हो । यहाँ पैसा कम होला, आमदानी सीमित रहला तर आफ्नो घरको लागि एक छाक नखाइकन भएर भए पनि काम गर्नुपर्छ । आफ्नो पसिना, जोस र जाँगर आफ्नै मातृभूमिमा प्रयोग गर्नुपर्छ ।

अतः सम्पूर्ण नेपालीले नेपाललाई आफ्नो साझा घर सम्झेर सानोतिनो काम भए पनि आफ्नै भूमिमा गर्नुपर्छ भन्ने आशय माथिको पंक्तिद्वारा आमाले प्रष्ट पार्न खोजेकी छिन् ।